H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०७:५८
Dec 05 2021, Sunday
07:58:05 AM

अछाममा बम विस्फोट हुँदा एक जना घाइते

विज्ञापन
फाइल फोटो
फाइल फोटो
खवर संवाददाता
२०७८ असोज २४ ११:१८
अ+

धनगढीः अछाममा बम विस्फोट हुँदा एक जना घाइते भएका छन्। जिल्लाको रामारोशन गाउँपालिका–५ पातलमा शनिबार दिउँसो ३ बजे खेतमा काम गर्ने क्रममा ग्रिनेट बम पड्किँदा सोही ठाउँका ३३ वर्षीय बृख रोकाया घाइते भएका हुन्।

बम विस्फोट दिउँसो भएपनि प्रहरीलाई भने राति ११ बजे मात्रै खबर भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक तलसी अर्यालले दिनेशखबरसँग बताए। उक्त क्षेत्रमा अरु पनि बम राखेको हुनसक्ने भन्दै डिस्पोजल टोली खटाइएको उनले बताए। घाइते रोकायाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ। 

सशस्त्र द्वन्दका बेला उक्त क्षेत्र माओवादीको लुक्ने गाउँ रहेको बताइएको छ।
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad