सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमै डायलासिस सेवा भएपनि विरामीहरु अन्यत्र जाने क्रम बढ्दै

२०७५ मंसिर २९, १०:१४ नवराज पनेरु

सुदूरपश्चिम प्रदेशभरी एक जना पनि विशेषज्ञ डाक्टर नहुँदा मृगौला सम्वन्धीका विरामीहरु मर्कामा परेका छन्। विशेषज्ञ डाक्टर एक जना पनि नहुँदा उपलव्ध डायलासिस सेवा पनि प्रभावकारी हुँन सकेको छैन्। विशेषज्ञको अभावले सेती अस्पतालमै डायलासिस सेवा भएपनि विरामीहरु अन्यत्र जाने क्रम बढ्दै गएको छ। सेती अञ्चल अस्पतालमा डायलासिस वार्ड सञ्चालन गरिरहेको विरंग हेल्थ केयर प्रालि धनगढीका स्टेशन म्यानेजर अशोक मिश्रका अनुसार सेती अञ्चल अस्पतालमा डायलासिसका लागि २ सय ५० जना विरामीले नाम दर्ता गराएकोमा अहिले साप्ताहिक रुपमा ४७ जनाले सेवा पाईरहेको बताए। झण्डै ६ महिनाको अवधीमा डायलासिसका लागि नाम दर्ता गराएका मध्ये १० जनाले ज्यान गुमाएका छन भने ३० जना सम्पर्क विहिन छन्।

अन्य झण्डै १ सय ७० जना भने सुदूरपश्चिम बाहिर गएर डायलासिस गराईरहेका छन्। एक सिफ्टमा ६ जना विरामीलाई सेवा दिईरहेकोमा कतिपय सिफ्टमा भने ३, ४ जना विरामी मात्रै डायलासिस गराउन आउने गरेका छन्। तर डायलासिस गराउने विरामीको सङख्यामा कमि आएर नभई सुदूरपश्चिम बाहिर डायलासिस गराउने विरामीको सङख्या बढेर यस्तो भएको हो। सेती अञ्चल अस्पतालमा रहेको डायलासि वार्डकी क्लीनिकल ईन्चार्ज पुजा ओझाले मृगौला रोग विशेषज्ञ नहुँदा डायलासिस सेवा प्रभावकारी हुन नसकेको बताईन्। 

सुदूरपश्चिममा सहरीकरण र जीवनशैलीमा परिवर्तनसँगै मधुमेह, उच्च रक्तचाप, पत्थरी आदि समस्याले दीर्घकालीन रूपमा मृगौला फेल हुने समस्या बढ्दो छ। समयमै सतर्कता अपनाए डायलोसिस वा मृगौला प्रत्यारोपण सम्मको स्थितिबाट बिरामीलाई जोगाउन सकिन्छ। तर मृगौलाको स्थिति जान्नका लागि विशेषज्ञ डाक्टर नै नहुँदा समस्या भने भईरहेको छ। सेती अञ्चल अस्पतालमा सञ्चालीत डायलासिस सेवा प्रति विरामीले विश्वास नगर्नुमा थुप्रै कारण छन्। डायलासिस गराउन पुर्वका सबै उपचारहरु सुदूरपश्चिमभरी कुनै पनि अस्पतालमा सम्भव नभएकाले पनि विरामीहरु डायलासिसका लागि परनिर्भर हुनुपर्ने अवस्था आएको अस्पतालको डायलासिस वार्ड हेर्दै आउनुभएका फिजिसियन डाक्टर निराजन दक्त शर्माले बताए।

सेती अञ्चल अस्पतालले डायलासिस वार्ड सञ्चालनको जिम्मा सार्वजनिक नीजि साझेदावरी कार्यक्रम अन्तरगत विरंग हेल्थ केयर प्रालीलाई दिएको छ। अस्तालसंगको सम्झौतामा सुरुवमा १० वटा मेसिनबाट सेवा प्रवाह गरिएपनि विरामीको चापलाई मध्यनजर गर्दै आवश्यक मेसीनहरु थप गर्ने उल्लेख गरिएको छ। तर डायलासिसका लागि विरामीहरु आउने क्रम निकै कम भएकाले मेसिनहरु थप्न नसकेकोसेती अञ्चल अस्पतालमा डायलासिस वार्ड सञ्चालन गरिरहेको विरंग हेल्थ केयर प्रालि धनगढीका स्टेशन म्यानेजर अशोक मिश्रले बताए। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस