सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन मन्त्री बनेपछि आलेले भनेः हाम्रा जहाज घाममा सुते, उडाउनु पर्‍यो पैसा आउँछ

फोटोः कान्तिपुर
फोटोः कान्तिपुर
२०७८ असोज २३, ०२:०५ खबर संवाददाता

काठमाडौँः  पर्यटन मन्त्री बनेपछि प्रेमबहादुर आलेले शुक्रबार शपथ लिई सकेपछि हालकै यथास्थितीमा पर्यटन मन्त्रालय चलाउन नसकिने बताएका छन्। मन्त्रालयमा कर्मचारीले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन्।

हाल नेपालमा नियमित उडान नगराई जहाज घाममा सुतिरहेको र बेलैमा जहाज उडाउन नसकेको अवस्था रहेको बताउँदै उनले असुन्तुष्टि पोखेका हुन्। ‘यो तालले पर्यटन मन्त्रालय चलाउन सकिँदैन। वाइडबडीको मात्रै २७ २८ अर्ब ऋण छ। तर, हाम्रा जहाज घाममा सुतिरहेका छन्। जहाज घाममा सुकाएर पैसा त आउँदैन, त्यसलाई युज गर्नु पर्‍यो। उडाउनु पर्‍यो,’ उनले भने।
 

कमेन्ट लोड गर्नुस