सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवा पक्षका पण्डितलाई पराजित गर्दै काँग्रेस बाजुराको सभापतिमा रावल विजयी

२०७८ असोज २२, ०६:१३ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन्।

निर्वाचन समिति बाजुराका अनुसार निर्वतमान पार्टी सभापति तथा देउवा पक्षका उम्मेदवार कबिराज पण्डितलाई ३९ मतले पराजित गर्दै रावल विजयी भएका हुुन्। दोस्रो चरणमा भएको मतदानमा खसेका ११ सय ८२ मतमध्ये रावलले ६०५ र पण्डितले ५६६ मत ल्याएका छन्। उपसभापतिमा पदम बडुवाल, नारायण पाध्याय, सचिवमा तिलक पुरी र भरत रोकाया निर्वाचित भएका छन्। 

कमेन्ट लोड गर्नुस