काउकुती लगाउँदा मुसा पनि हाँस्छ
एजेन्सीः मुसा एक स्तनधारी प्राणी हो। यो संसारका प्रायः देशहरूमा पाइन्छ। यो साह्रै छुकछुके हुन्छ। आज यसैका विषयमा केही तथ्यहरू जानौं।
– मुसाले पानी नपिइकन उँटभन्दा पनि ज्यादा समय बस्न सक्छ।
– मुसालाई पसिना आउँदैन। यसले आफ्नो पुच्छरमा भएको रक्त कोषिकाद्वारा शरीरको तापक्रम नियन्त्रित गर्छ।
– मुसाको पित्तथैली हुँदैन, त्यसैले यसले बान्ता गर्न सक्दैन।
– मुसा पनि यस्तो प्राणी हो जसलाई सबैभन्दा पहिले अन्तरिक्षमा पठाइएको थियो।
– अंग्रेजीमा मुसालाई माउस, र्याट वा माइस भनिन्छ। यो शब्द संस्कृत ‘मस’ शब्दबाट लिइएको हो। जसको अर्थ हुन्छ ‘चोर’।
– एउटा मुसाले करिब १८ महिनामा २ लाखभन्दा बढी वंशज पैदा गर्न सक्छ।
– मुसा ५० फिट माथिबाट झर्यो भने पनि यसलाई केही हुँदैन।
– काउकुती लगायो भने मानिसजस्तै मुसा पनि हाँस्छ।
– मुसाको दाँत हरेक वर्ष ४ देखि ५ इन्च बढ्छ। त्यसैले यसले हरेक वस्तुलाई कोतरिरहन्छ ताकि दाँत साधारण रहोस्।
– बिरालो र मुसामा समुद्रको पानी पनि पिउन सक्ने समानता हुन्छ।
– मुसा लगातार ३ दिनसम्म पानीमा तैरिन सक्छ। ३ मिनेटसम्म श्वास रोकेर बस्न सक्छ।
– मुसाले राम्रोसँग देख्न सक्दैन। यसले रंग पनि छुट्याउन सक्दैन। तर, यसको सुँघ्ने शक्ति अचम्मको हुन्छ। मुसा मार्ने औषधिको स्वाद एकपटक पायो भने यसले अर्कोपटक औषधि राखेको छेउछाउमा पनि जाँदैन।
– कंगारु मुसाले जिन्दगीभर पानी नपिइकन बाँच्छ।
– यसको मुख्य भोजन अन्न हो।
– मुसा बढीमा २ वर्षसम्म मात्रै बाँच्छ।
– यसको गर्भकाल २० देखि २५ दिनको हुन्छ। यसले एक पटकमा १० वटासम्म बच्चालाई जन्म दिन्छ।
– धेरैजसो वैज्ञानिक प्रयोग मुसामाथि नै गरिन्छ।
– हिन्दु धर्मअनुसार मुसा भगवान गणेशको वाहन हो।
– मुसाको मुटु एक मिनेटमा ४ सय पटक धड्किन्छ।
– हरेक वर्ष अप्रिल ४ मा विश्व मुसा दिवस मनाइन्छ।
– पोथी मुसा ३ महिनाकै उमेरमा प्रजननका लागि तयार हुन्छन्। विभिन्न एजेन्सीको सहयोगमा