सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी पुरुषको अनौठो हर्कत, राइस कुकरसँग बिहे, ४ दिनमै डिभोर्स

२०७८ असोज १७, ०१:४६ खबर संवाददाता

एजेन्सी: मानिसका इच्छा पनि अनेक हुन्छन्। इण्डोनेसियामा एकजना व्यक्तिले आफैले घरमा भात पकाउने राइस कुकुरसँग बिहे गरेर निकै चर्चा कमाए। तर उनको कुकरसँगको दाम्पत्य जीवन टिक्न सकेन। उनीहरुबीच बिहेको चार दिनमै डिभोर्स भयो। त्यो डिभोर्सले उनको चर्चा थप चुलिएको छ।

इण्डोनेसियाको जाभा प्रान्तमा बस्ने कहरोल अनम नामका पुरुषले आफ्नै घरको राइस कुकरसँग बिहे गर्दाका तस्वीर सोसल मिडियामा खुबै भाइरल भए। तस्वीरमा एक व्यक्ति बिहेको सेतो पोषाक लगाएका देखिन्छन् र उनको बेहुलीको रुपमा रहेको कुकरलाई पनि सेतो घुम्टो ओढाइएको छ। त्यस्तै बिहेपछि बेहुला बेहुलीले खिचेको तस्वीर, कानूनी रुपमा बिहे गरेको कागजातमा हस्ताक्ष्र गर्दै गरेको तस्वीर र आफ्नो बेहुली कुकरलाई चुम्बन गर्दै गरेको तस्वीर पनि सार्वजनिक भए। आफ्नो बिहेका तस्वीर फेसबुकमा शेयर गर्दै उनले लेखेका छन् ः सेतो, शान्त, खाना पकाउनमा असल, निकै स्वप्नील।

उनको फेसबुक पोस्टमा मानिसहरुले अनेक खालका प्रतिक्रियाहरु दिएका छन्। कतिपयले आफूले पनि फ्रायरसँग बिहे गर्ने सोच बनाएको बताएका छन् भने कतिपयले ती व्यक्ति जिनियस रहेको टिप्पणी गरेका छन्। राइस कुकरसँग कहरोल अनमको बिहेको चर्चा सेलाउन नपाउँदै उनीहरुको दाम्पत्य जीवनमा खटपट आएछ। बिहेको चार दिनमै कहरोल आफ्नो पत्नी राइस कुकरसँग डिभोर्स गर्ने निर्णयमा पुगे।

डिभोर्सको कारणबारे पनि उनले फेसबुकमा जानकारी गराएका छन्। राइस कुकर केवल भात पकाउनका लागि मात्र राम्रो रहेको तर अन्य कुनै पनि खानेकुरा बनाउने नजान्ने भएको हुनाले आफूले डिभोर्स गरेको उनको जिकिर छ।

कमेन्ट लोड गर्नुस