सुदूर नेपाललाई विश्वसँग जोड्दै

रक्सी छोडेका युवकले खाए एक किलो फलामको काँटी

२०७८ असोज १६, ०७:०५ खबर संवाददाता

 रक्सी छोडेका युवकले खाए एक किलो फलामको काँटी र किलाहरु खाएका छन्। उनले १० सेन्टिमिटर लामासम्म फलामका काँटी किला खाएका हुन्। बीबीसीकाअनुसार लिथुवाअनियाका त्यी युवाको पेटबाट एक किलो काँटी किला निकालिएको छ। लिथुआनियाको क्लेइपेडा विश्वविद्यालयको अस्पतालबाट ती युवकको पेट चिरेर एक किलो काँटी किला निकालिएको हो। उनको शल्यक्रियाको लागि तीन घन्टा लागेको थियो।

ती युवकको पेटबाट निकालिएका काँटी किलाको तस्बिर अहिले लिथुआनियाका सञ्चारमाध्यममा भाइरल भइरहेको छ। बिरामीको नाम भने खुलाइएको छैन। उसको अवस्था सामान्य भएको र यो अचम्म लाग्दो घटना भएको डाक्टरहरुले प्रतिक्रिया दिएका छन्। -  एजेन्सी

कमेन्ट लोड गर्नुस