सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा तालाबन्दी

२०७८ असोज १३, ०६:३७ खबर संवाददाता

धनगढीः अछामको बान्नीगढी जयगढ गाउँपालिकामा तालाबन्दी गरिएको छ। पालिकाको शिक्षा समितिले अनुदान कोटा काट्ने निर्णय गरेको भन्दै शान्नीकोट आधारभूत विद्यालय कालिकाका अभिभावकले गाउँपालिकामा तालाबन्दी गरिएको हो। 

गाउँपालिकाको शिक्षा समितिले शान्नीकोट आधारभूत विद्यालय कालिकामा कायम रहेको शिक्षण सिकाइ सहयोग अनुदान कोटा कटौती गरेपछि उनीहरुले तालाबन्दी गरेको बताएका छन्। 

शिक्षक अनुदान कोटा काटिएको विरोधमा विद्यालय विद्यार्थी, शिक्षक तथा अभिभावकहरु सबै उत्रिएका छतन्। उक्त निर्णय खारेज गर्नुपर्ने उनीहरको माग छ। 

कमेन्ट लोड गर्नुस