सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाल्कोनीबाट खसिन् महिला, भाँचियो कार, महिला बाँचिन् (भिडिओ)

२०७८ असोज ११, ०२:२६ खबर संवाददाता

काठमाडौंः शारीरिक सम्बन्धको क्रममा एक महिला बाल्कोनीबाट तल पार्किङमा राखिएको कारमाथि खसिन्। महिला कारको छतमा पछारिँदा कारको छत भाँचियो तर महिला भने बाँच्न सफल भएकी छिन्। यी महिलाले आफ्ना प्रेमीसँग ताइवानको ताइपेइमा एक अपार्टमेन्टमा शारीरिक सम्बन्ध राख्दै थिइन्। यस क्रममा अचानक उनी चिप्लिएर तल खसेकी हुन्।

द सनको रिपोर्टअनुसार यो घटना सेप्टेम्बर ५ को भएको बताइएको छ। घटना सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ। भिडियोमा महिला कारमाथि खस्दै गरेको देख्न सकिन्छ। खसिसकेपछि महिलाले पीडाको आफ्नो शरीरको पछाडिको भाग छाम्दै गरेको देख्न सकिन्छ। भिडियोमा उनी खसिसकेपछि उनका पार्टनर समेत दौडिँदै आएको देख्न सकिन्छ।

समाचारका अनुसार उनलाई उनका पार्टनर आएर अस्पताल लिएर गएका थिए। उनलाई पिठ्युँमा सामान्य चोट लागेको बताइएको छ। उनलाई पूरै निको हुन केही समय लाग्ने र अहिले उनको अवस्था स्थिर रहेको समाचारमा जनाइएको छ। यो जोडीले कारमा भएको क्षतिको पैसा पनि तिर्नुपरेको थियो। यो कार त्यही अपार्टमेन्टमा बस्ने एक छिमेकीको थियो।

 

कमेन्ट लोड गर्नुस