सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा कांग्रेसको पालिका अधिवेशन सकियो, यी हुन् सभापति

२०७८ असोज ११, १२:२३ खबर संवाददाता

एकेन्द्र खत्री, अछाम: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अछाममा गाउँपालिका र नगरपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ। जिल्लाका १० वटा स्थानीय तह मध्ये ७ पालिकामा सहमतिको आधारमा नेतृत्व चयन गरिएको छ भने अन्य ३ पालिकामा निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गरिएको छ। 

बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, मंगलसेन नगरपालिका र कमल बजार नगरपालिकामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ। बाँकी तिन वटा तहमा निर्वाचन प्रणालीबाट अधिवेशन भएको छ। 

तुर्माखाँद गाउँपालिका, साँफेबगर नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकामा निर्वाचन प्रणालिबाट अधिवेशन सम्पन्न भएको कांग्रेस अछामले जनाएको छ। बान्नीगढी जयगढ गाउँपालिकामा कर्णबहादुर ठकुल्ला गाँउपालिका सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। मेल्लेख गाउँपालिकामा खकेन्द्र बहादुर साउँद, रामारोशन गाउँपालिकामा मानबहादुर साउँद, कमलबजार नगरपालिकामा पदमबहादुर भण्डारी, ढकारी गाउँपालिकामा धनबहादुर बुढा, चौरपाटी गाउँपालिकामा धर्मबहादुर साउँद, मंगलसेन नगरपालिकामा झपट बहादुर रावल सर्वसम्मत निर्वाचित भएका छन्।

यस्तै तुर्माखाँद गाउँपालिकामा कविराम बयक, साँफेबगर नगरपालिकामा लालबहादुर कुँवर नेत्र र पञ्चदेवल विनायक नगरपालिकामा सर्जन बहादुर शाही निर्वाचन प्रणालिबाट विजय भएका छन्। 

कमेन्ट लोड गर्नुस