प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
विराटनगर: पछिल्लो केही समयदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घटेको छ। सबैभन्दा बढी झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा आठ, भोजपुरमा एक, खोटाङ, सङ्खुवासभा, तेह्रथुम र प्रदेश बाहिरका एक÷एक जना गरी कूल १७९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेशमा ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ। प्रदेशमा आजै १६१ महिलासहित ३०७ जना कोरोना सङ्मणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा एक महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।