सुदूर नेपाललाई विश्वसँग जोड्दै

८३४ मा कोरोना सङ्क्रमित

२०७८ असोज १०, ०८:५३ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७३६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

आठ हजार ५८९ जनाको पीअीसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर एक हजार २७९ जना सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा नौ सङ्क्रमितको मृत्यु भएको छ। 

देशभर १९ हजार १४२ जना सक्रिय सङ्क्रमित छन्। सत्र हजार ८१३ होम आइसोलेशनमा तथा एक हजार ३२९ जना संस्थागत आइसोलेशनमा छन्। त्यस्तै ३६८ सघन कक्षमा र १२० जना भेन्टिलेटरमा छन्। देशभर २३० सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर एक लाख दुई हजार ३०१ ले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस