सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना महामारीमा मानव अधिकार रक्षकहरुलाई प्राथमिकतामा नराखिएको गुनासो

२०७८ असोज ६, ०९:२१ खबर संवाददाता

भुपेन्द्र बिष्ट/डडेल्धुराः कोभिड १९ को संक्रमणका बेला अग्रपंक्तिमा खटिएर काम गर्ने मानव अधिकारकर्मीहरुलाई सरकारले प्राथमिकतामा राख्न नसकेको अधिकार रक्षकहरुले गुनासो गरेका छन्। कोभिड १९ को संक्रमणका बेला अग्रपंक्तिमा रहेर मानव अधिकार रक्षकहरुले काम गरे पनि उनिहरुको स्वास्थ्य प्रति सरकार गम्भिर नभएको उनिहरुको गुनासो छ। बुधवार डडेल्धुरामा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको कोभिड १९ ले मानव अधिकार रक्षकलाई पारेको प्रभाव अन्तरक्रिया/कार्यशालामा कोभिडको प्रभाव सबै तिर परेसँगै अधिकार रक्षकमा पनि परेको सहभागीहरुले बताएका छन्।

मानव अधिकारकर्मीहरुलाई सरकारले भ्याक्सिनसम्म उपलब्ध गराउन नसकेको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडगराज जोशीले बताए। कोभिड १९ को संक्रमणको शुरुको अवस्थामा संक्रमितलाई समाजिक रुपमै तिरस्कार गर्ने परिपाटी देखिएकाले यसले मानव सभ्यतामा गम्भिर असर पुगेको अधिकार जोशीको भनाई छ। इन्सेकले कोरोना भाईरसको महामारीमा मानव अधिकार रक्षकहरुको अवस्थाका बारेमा एक अध्ययन पुस्तक पनि प्रकाशन गरेको छ। पुस्तकमा कोरोना भाईरसको संक्रमणका बेला भोग्नु परेका समस्याहरु समावेश गरिएका छन्।

कोरोना भाईरसको संक्रमणको शुरुको अवस्थामा स्वास्थ्य संस्था, अस्पताहरुसंग आवश्यक सुरक्षा सामाग्री पीपीई नै नहुदा स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमित व्यक्तिहरुलाई चेकजाँच तथा उपचार गर्न समस्या हुुनुका साथै कोरोना संक्रमण भई मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनमा समेत चुनौतीको सामना गर्नुपरेको स्वास्थ्य कार्यालय डडेल्धुराका कारोना फोकल व्यक्ति हरी प्रशाद भट्टले बताए। अहिलेको अवस्थामा भने किट, सुरक्षा सामाग्री पीपीई, अक्सिजन ग्यास लगायत अन्य सामाग्री कार्यालयसंग पर्याप्त रहेको उनले बताए। 

संक्रमणका बेला सुरक्षा सामाग्री नहुदा समाचार सुचना संकलन गर्न पत्रकार जगतलाई पनि निकै समस्या परेको पत्रकार महासंघ डडेल्धुरले जनाएको छ। लकडाउन/निषेधाज्ञा जारी गरिदा सञ्चार गृहको आयस्रोत गुम्दा हजारौ सञ्चारकर्मीहरु बेरोजगार बन्न पुगेको महासंघ डडेल्धुरा शाखा अध्यक्ष हिक्मत सिंहको भनाई थियो।
 

कमेन्ट लोड गर्नुस