सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १ हजार ५११ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघ्यो

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ ३१, ०६:३४

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १५ हजार १७९ जनाको नमुना परीक्षण गर्दा १ हजार ५११ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १ हजार ६८९ जना संक्रमण मुक्त भएका छन्। अहिले देशभर संक्रिय संक्रमितको सङ्ख्या २५ हजार ७७२ रहेको छ।

पछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये ११ जनाको मृत्यु भएको छ। योसँगै देशभर अहिलेसम्म संक्रमणबाट मृत्युहुनेको सङ्ख्या ११ हजार २ पुगेको छ।त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख १० हजार ८९९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

कमेन्ट लोड गर्नुस