सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्जमा अवतरण

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ २९, ०८:४७

धनगढीः प्रतिकुल मौसमका कारण काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फर्केर नेपालगञ्जमा अवतरण गरेको छ। 

कैलालीको आकाशमा झण्डै आधा घण्टा होल्ड गरेको बुद्ध एयरको जहाज मौसममा सुधार नभएपछि फर्कैर नेपालगञ्जमा अवतरण भएको हो। जहाज केहि बेरमा पुनः धनगढी अवतरण हुने धनगढी विमानस्थलले जनाएको छ। 
साँझ पाँच बजेर ५ मिनेटमा काठमाडौँबाट उड्नु पर्ने जहाज करीव ६ बजे उडेको थियो। सवा सात बजे कैलालीको आकाशमा पुगेको जहाज धनगढी विमानस्थलमा अवतरण गर्न सक्ने अवस्था नभएपछि फर्केर नेपालगञ्ज गएको विमानस्थलले जनाएको छ। 

मौसममा सुधार हुने आशा गरेर झण्डै आधा घण्टाभन्दा बढि कैलालीको आकाशमा जहाजलाई होल्ड गरेका पाईलटहरुले मौसममा सुधार नआएपछि नेपालगञ्ज लगेर अवतरण गरेका थिए। पुनः ८ बजेर ५१ मिनेटमा धनगढी अवतरण हुने विमानस्थलले जनाएको छ। 

यतिबेला काठमाण्डौं जानका लागि यात्रहरु धनगढी विमानस्थलमा जहाज कुरेर बसेका छन्। काठमाडौँबाट जहाजमा आईरहेका आफन्तहरुलाई लिन विमानस्थल पुगेका आफन्तहरु पनि विमानस्थल बाहिर छन्। 

कमेन्ट लोड गर्नुस