सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर प्रमोद जोशी ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त

२०७८ भदौ २९, ०७:४९ खबर संवाददाता

धनगडीः डाक्टर प्रमोद जोशी राष्ट्रिय ट्रामा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गर्ने निर्णय गरेको हो। 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा. जोशीलाई निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गर्ने निर्णय गरेका हुन्। डा.जोशी हाडजोर्नी रोग विशेषज्ञ हुन्। उनी १० औं तहका कर्मचारी हुन्। 

मन्त्रालयले डा.सन्तोष पौडेललाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीबाट हटाउँदै डा.जोशीलाई जिम्मेवारी दिएको हो।

मन्त्रालयका अनुसार डा. पौडेललाई कान्ति बाल अस्पतालमा पठाइएको छ। उनको काज भने ट्रमा सेन्टरमा नै राखिएको छ।
 

कमेन्ट लोड गर्नुस