सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्सेमा दोहोरो अङ्कको गिरावट

। फोटो स्रोत ।
२०७८ भदौ २९, ०७:३२ रासस

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ५४ बिन्दुले ओरालो लागेर दुई हजार ९२९ दशमलव २८ मा ओर्लिएको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३ दशमलव २१ बिन्दुले ओरालो लागेर ५४५ दशमलव ६६ मा ओर्लिएको छ।

नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ। कूल २२२ कम्पनीको एक करोड छ लाख ३९ हजार ८२६ कित्ता शेयर  पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ मूल्यमा खरिद बिक्री भए। मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ९९ अर्ब ५१ करोड ७२ लाख ४० हजारको हाराहारीमा रहेको छ।
कारोबार भएका १३ वटै उपसमूहको शेयरसमेत ओरालो लागेको छ। त्यसमा बैंकिङ ४ दशमलव १, व्यापार २२ दशमलव ५९, होटल तथा पर्यटन १७ दशमलव ४६, विकास बैंक ६६ दशमलव ८४, जलविद्युत ३० दशमलव ८३, वित्त २६ दशमलव ६७, निर्जीवन बीमा २७७ दशमलव ८६, उत्पादन ६७ दशमलव  ३९, अन्य ८ दशमलव ७१, लघुवित्त २८ दशमलव ६२, जीवन बीमा १४४ दशमलव ६८, सामूहिक लगानी कोष ० दशमलव०३, लगानी ० दशमलव ७८ बिन्दुले ओरालो लागेको छ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको  २७ करोड तीन लाख ७० हजार ५२४ बराबरको कारोबार भयो। यस्तै, रैराङ हाइड्रोपावर  २२ करोड ७९ लाख ८१ हजार, युनाइटेड मोदी हाइड्रोपावर  २२ करोड ३४ लाख ३२ हजार ६३८, एनआइसी एशिया बैंक  १५ करोड ७३ लाख २६ हजार ५६७ र नेशनल हाइड्रोपावर  ११ करोड ८७ लाख ८० हजार ६६१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। रैराङ हाइड्रोपावर ५।०४, एनआइबिएल समृद्धि फण्ड एक ३ दशमलव ९४ र कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले ३ दशमलव ४६ प्रतिशतले कमा ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनी ५ दशमलव ५६, सिटिजन म्यचुअल फण्ड ३ दशमलव ७७, लाइफ इन्स्योरेन्स कम्पनी ३ दशमलव ६४, अजोड इन्स्योरेन्स ३ दशमलव ५० र एनआरएन इन्फास्ट्रक्चरको शेयरधनीले ३ दशमलव २० प्रतिशतले गुमाए।
 

कमेन्ट लोड गर्नुस