सुदूर नेपाललाई विश्वसँग जोड्दै

१ हजार ४८६ सङ्क्रमित थपिए, १६ को मृत्यु

२०७८ भदौ २८, ०७:४० रासस

काठमाडौँ: देशभर आज एक हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार ५३९ मा परीक्षण गर्दा एक हजार ४८६ जनामा सङ्क्रमण पुष्टि भएको हो। 

हालसम्म सक्रिय सङ्क्रमित २६ हजार ६३० छन्। पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० छन्। आज एक हजार २६० जना सङ्क्रमणमुक्त भएका छन्। हालसम्म सात लाख ४० हजार ७१७ कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। नेपालमा निको हुने दर ९५।२ प्रतिशत छ। 

सो अवधिमा १६ जनाको सङ्क्रमणबाट ज्यान गएको छ। हालसम्म १० हजार ९६५ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । यस्तै ४७५ जना सघन उपचार कक्ष आइसियु, १३४ जना भेन्टिलेटर, २४ हजार ९५८ जना होम आइसोलेशन, एक हजार ६७२ जना संस्थागत आइसोलेशन र २६२ जना क्वारेन्टिनमा छन्।

आज ९१ हजार ९३० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। अहिलेसम्म ५८ लाख  ३३ हजारर ९३८ जनाले पहिलो मात्रा र ५१ लाख ९८ हजार १९३ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस