सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका १९ वर्षीय रावल कांग्रेसको क्षेत्रिय प्रतिनिधि चयन

२०७८ भदौ २७, ०४:२८ खबर संवाददाता

दार्चुला: दार्चुलाका १९ वर्षीय कृष्णसिंह रावल नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि चयन भएका छन्। कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत गत साता सम्पन्न भएको शैल्यशिखर नगरपालिका- ५ को वडा अधिवेशनबाट आफू निर्विरोध चयन भएको रावलले बताए। जिल्लाभरीका एक हजार ३ सय बढी क्षेत्रिय प्रतिनिधिमध्ये कान्छो प्रतिनिधिको रुपमा आफु छनोट भएको उनको भनाई छ।

कक्षा ७ मा पढ्दा नै काग्रंसको भातृ संगठन नेविसंघको इकाइ अध्यक्ष भएर राजनीतिमा लागेका रावल कक्षा ९ मा पढ्दा जिल्ला सदस्य चयन भएका थिए। 

कमेन्ट लोड गर्नुस