बैतडीकी १९ वर्षीया महेश्वरी बनिन् काँग्रेसकी क्षेत्रीय प्रतिनिधि
धनगढी: बैतडीमा सोमबार सम्पन्न भएको नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट १९ वर्षीया महेश्वरी भट्ट (ऐर) क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छिन्।
उनी पाटन नगरपालिका २ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन्। जिल्लाका क्षेत्रीय प्रतिनिधिमध्ये सम्भवतः सबैभन्दा कान्छी प्रतिनिधिको रुपमा महेश्वरी चयन भएकी हुन्। निर्वाचन अधिकृत पुुष्पराज जोशीका अनुसार वडा अधिवेशनले ८४ ओटै वडामा कार्यसमिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधिहरु समेत चयन गरेको छ।