सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा २० जनप्रतिनिधिले गरे समाजवादीमा सनाखत

२०७८ भदौ २१, ०५:३३ खबर संवाददाता

धनगढीः बैतडीमा एमाले छाडेर २० जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरेका छन्। जिल्ला निर्वाचन अधिकारी माधव फुयालका अनुसार स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट चुनाव जितेका २० जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका हुन्।

उनीहरूले आइतबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका हुन्। सनाखत गर्नेहरूको नाम भने खुलाइएको छैन। जनप्रतिनिधिलाई भोलि सम्म नयाँ दलमा सनाखत गर्ने समय तोकिएको छ। सनाखत गर्नेमा वडाध्यक्ष र सदस्यहरू रहेको बुझिएको छ।

कमेन्ट लोड गर्नुस