दार्चुलामा भीरबाट लडेर महिलाको मृत्यु
२०७८ भदौ १९, ०५:२३
दार्चुलाः दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीका २५ वर्षीया सुनिता ठगुन्नाको भीरबाट लडेर ज्यान गएको हो।
मार्मा गाउँपालिका ६ को देवाल भन्ने वन क्षेत्रमा शनिबार बिहान घाँस काट्न गएकी सुनिता सोही क्षेत्रको भीरबाट लडेर ज्यान गएको दार्चुला प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस