सुदूर नेपाललाई विश्वसँग जोड्दै

रामचन्द्रले गरे जन्मदिनमा अक्षय कोष स्थापनाका लागि सहयोग

२०७८ भदौ १९, ०५:०१ खबर संवाददाता

धनगढीः नेपाल प्रेस यूनियन डोटी शाखाका प्रदेश पार्षद रामचन्द्र शाहीले जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका लागि सहयोग गरेका छन्। शाहीले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि १० हजार १ सय ११रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

नेपाल प्रेस युनियन डोटी शाखाले स्व.तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गरेको छ। स्व. पत्रकार खड्काले लामो समय पत्रकारिताको क्षेत्रमा रहेर काम गरेका थिए।


 

कमेन्ट लोड गर्नुस