सुदूर नेपाललाई विश्वसँग जोड्दै

माइती घर छाड्ने बेला रुदाँरुदै बेहुलीको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ १६, ११:०९ खबर संवाददाता

एजेन्सी:  एक बेहुलीको माइती घर छाड्ने बेला मृत्यु भएको छ। भारतको ओडिसाको सोनपुरका मुरली साहुको छोरीको ज्यान गएको हो। 

बिदाई गर्ने क्रममा रुवाबासी हुँदा उनी बेहोस भएकी थिइन्। धेरै रुदाँ रुदाँ बेहुली बेहोस भएर भुईमा लडिन्। त्यसपछि उनलाई स्वास्थ्य चौकी लगियो तर उनी बाच्न सकिनन्। उनको हृदयघात भएको ज्यान गएको डाक्टरले बताएका छन्।

घटनापछि गाउँमा शोकको वातावरण बनेको छ। रिपोर्टअनुसार बिहीबार राती स्वर्गीय मुरलधिर साकी छोरी रोजी साको बिसिकेसन प्रधानसँग विवाह भएको थियो।

कमेन्ट लोड गर्नुस