सुदूर नेपाललाई विश्वसँग जोड्दै

गण्डकीमा ३०३ जना कोरोना सङ्क्रमण मुक्त

२०७८ भदौ १४, ०९:११ रासस

गण्डकी: गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा प्रदेशमा १७० जना सङ्क्रमित थपिएका छन्। थपिनेमा कास्कीका ७३, नवलपरासी पूर्वका ३९, गोरखाका, स्याङ्जाका १५, म्याग्दीका सात र तनहुँका छ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा प्रदेशमा तीन जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। 

उनका अनुसार मृत्यु हुनेमा स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाका एक÷एक जना महिला र कास्कीको पोखरा महानगरपालिकाका एक जना पुरुष रहेका छन्। यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक जार २९३ जना पुगेको छ। प्रदेशमा होम आइसोलेशनमा दुई हजार ९११ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस