सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बाढीपहिरोको वितण्डा, उद्धारका लागि हेलिकाेप्टर जाँदै

२०७८ भदौ १४, ०१:२९ खबर संवाददाता

धनगढीः दार्चुलामा आएको बाढी–पहिरोका कारण क्षति भएको स्थानमा सरकारले हेलिकप्टर पठाउने भएको छ। बाढी–पहिरोले क्षति भएका दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका क्षेत्रमा हेलिकप्टर जाने भएको हो।

पिडितको उद्धार र राहतका लागि भन्दै हेलिकप्टर जान लागेको सुदूरपश्चिम प्रदेशको सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्रालयले जनाएको छ। मन्त्रालयको समन्वयमा नेपाल सरकारले प्रभावित क्षेत्रका लागि राहत सामाग्रीसहित हेलिकप्टर प्रस्थान गर्न तयारी थालेको बताईएको छ।

गए राति दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिरोका कारण तीनको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। यता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना पनि घटनास्थलमा पुगेका छन्।
 

कमेन्ट लोड गर्नुस