घरभाडा तिर्न नसक्ने महिलासँग भाडाको बदलामा यौनसुख माग्दै घरबेटी
काठमाडौंः कोरोनाभाइरसका कारण गरिएको लकडाउनमा आम्दानीको बाटो बन्द भएपछि भाडाको घरमा बस्नेहरुलाई ठूलो समस्या परिरहेको छ। रोजगारी गुमेपछि मानिसहरुसँग घरभाडा तिर्ने समेत पैसा छैन। यही बीचमा यसरी भाडाको घरमा बसेर भाडा तिर्न नसक्ने स्थितिमा पुगेका महिलाहरुसँग घरबेटीले घरभाडाको बदलामा यौनसुखको माग गरेका घटनाहरु ठूलो संख्यामा भेटिएका छन्।
अमेरिकाको नेशनल फेयर हाउजिङ एलायन्स ९एनएफएचए०को एक रिपोर्टको हवाला दिँदै समाचार एजेन्सी रोयटर्सले लेखेको समाचार अनुसार सय भन्दा धेरै फेयर हाउजिङ समूहहरुले पूरै अमेरिकामा मानिसहरुलाई यो समस्यासँग जुधिरहेका देखेका छन्। यो महामारीको बीचमा अमेरिकामा यौन उत्पीडनका घटना १३ प्रतिशतले बढेका छन्। एक महिलाले एनएफएचएको वेबसाइटको माध्यमबाट भनिन् ‘यदि मैले मेरो प्रोपर्टी म्यानेजरसँग सेक्स गर्न अस्वीकार गरेको भए उसले मलाई घरबाट निकालिदिन्थ्यो। एक सिंगल मदर भएको नाताले मसँग अर्को कुनै विकल्प बाँकी थिएन। म आफ्नो घर गुमाउन चाहन्नथें।’
भाडाको बदलामा सेक्सको माग गर्नेहरु अब अमेरिकाका साथै बेलायतमा पनि जाँचको दायरामा आएका छन्। सेक्सको बदलामा भाडा माफ गरेर आवास सुविधा दिने नाममा बढिरहेका अनलाई विज्ञापनहरुबाट पनि पदा उठाउन थालिएको छ। विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण लाखौंले रोजगारी गुमाएका छन्। लकडाउन र यात्रामा प्रतिबन्ध भएका कारण व्यवसाय ठप्प छ। आयका सबै माध्यम समाप्त भएपछि मानिसहरु आर्थिक अभावसँग जुधिरहेका छन्।
उत्तरी अमेरिका र युरोपेली अथोरिटीहरुले क्यास बेनिफिट, रेन्ट फ्रिजिस र निष्काशन प्रतिबन्ध सम्बन्धी नयाँ नियम लागू गरेका छन् ताकि मानिसहरुलाई धेघर हुनबाट बचाउन सकियोस्। एनएफएचएका सल्लाहकार मोर्गन विलियम्सका अनुसार घरबाहिर निस्कन नपाउने मानिसहरुको लागि कैयौं पटक निकै कठिन विकल्प बाँकी हुन्छन्। यिनैमध्येको एक भाडाको बदलामा सेक्सको पूरै तथ्यांक खोज्नु निकै कठिन छ।
विशेषज्ञहरुका अनुसार कानुनको राम्रो ज्ञान नभएका कारण घरबेटीको शिकार बनेका पीडित महिलाहरुमाथि उल्टै वेश्यावृत्तिको आरोप लाग्न सक्ने खतरा छ। बेलायतको हाउसिङ च्यारिटी शेल्टरको २०१८ को एक रिपोर्टअनुसार विगत ५ वर्षमा प्रोपर्टी म्यानेजरहरुले करिब अढाइ लाख महिलाहरुलाई भाडाको बदलामा सेक्सको अफर गरेको पाइएको छ।