सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से दोहोरो अङ्कले घट्यो, बजार पुँजीकरण ४२ खर्ब ५४ अर्ब

२०७८ भदौ १३, ०८:०७ रासस

काठमाडौँ: निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र जलविद्युत् उपसमूहको शेयर मूल्य उच्च अङ्कले ओरालो लागेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ।

साताको पहिलो कारोबार दिनमा बजार उकालो लाग्ने अनुमानका बीच नेप्से ओरालो यात्रा तय गरेको हो। नेपाल स्टक एक्सेचञ्जका अनुसार नेप्से ४९।१८ बिन्दुले ओरालो लागेर तीन हजार ४४।८६ बिन्दुमा सीमित भएको छ। ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ८।५७ बिन्दुले घटेर ५६२।८८ मा ओर्लेको छ। कूल २२७ कम्पनीको दुई करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ मूल्यमा खरिद बिक्री भए।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज वित्त उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ। सो उपसमूहको शेयर २१।८८ अङ्कले बढ्दा बैंकिङ ३०।०५, व्यापार ६२।१६, होटल तथा पर्यटन ३१।७१, विकास बैंक ५३।१९, जलविद्युत् ८९।२६, निर्जीवन बीमा २५३।०७, उत्पादन ३८।४८, अन्य ३६।६२, लघुवित्त ११५।२, जीवन बीमा ३०४।२, सामूहिक लगानी कोष ०।०६ र लगानी १।६३ बिन्दुले ओरालो लागेको छ।

आइतबारको कारोबारपछि बजार पुँजीकरण ४२ खर्ब ५४ अर्ब ३२ करोड १९ लाख दुई हजार ८४६ बराबर कायम भएको छ। कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ। सो कम्पनीको एक अर्ब ३१ करोड ८३ लाख ४४ हजार ७७८ बराबरको कारोबार भयो। अरुण काबेली पावर ८७ करोड नौ लाख २४ हजार ४८२, जीवन विकास लघुवित्त ७४ करोड ९२ लाख ४६ हजार १५९, आइसिएफसी फाइनान्स ३८ करोड २८ लाख २१ हजार १३२ र हिमालयन डिस्टिलरी ३४ करोड २१ लाख ९९ हजार ७२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै अरुण भ्याली हाइड्रोपावर ७।५६, जानकी फाइनान्स ६।९९ र सिभिल लघुवित्तका शेयरधनीले ६।३० प्रतिशतले कमाए। त्यसैगरी, रुरु जलविद्युत् परियोजना १०, सिंगटी हाइड्रोपावर ७।३५, गुर्खाज फाइनान्स ५।७४, सिइडिबी हाइड्रोपावर ५।२६ र बरुण हाइड्रोपावरका लगानीकर्ताले ५।२४ प्रतिशतले गुमाए।
 

कमेन्ट लोड गर्नुस