१ हजार ८ सय ५७ मा सङ्क्रमण, २ हजार २ सय २२ निको र २७ निधन
काठमाडौँ: पछिल्लो २४ घण्टामा एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार १७६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो। हालसम्म देशभर ३६ हजार ८६६ सक्रिय सङ्क्रमित छन्।
त्यस्तै आज दुई हजार २२२ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन्। अहिलेसम्म नेपालमा सात लाख १० हजार ४५२ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । आजै सङ्क्रमणबाट २७ जनाको निधन भएको छ।
अहिलेसम्म सङ्क्रमणबाट १० हजार ६९० जना निधन भइसकेका छन्। सघन उपचारकक्ष आइसीयूमा ६१५, भेन्टिलेटरमा १७४, होम आइसोलेशनमा ३३ हजार ८३५, संस्थागत आइसोलेशनमा तीन हजार ३१ र क्वारिन्टिनमा ३४६ जना रहेका छन्।
नेपालमा अहिलेसम्म ५० लाख ६३ हजार ५२२ जनाले पहिलो मात्रा र ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन्।