गण्डकीमा ४९६ सङ्क्रमित थपिए
गण्डकी: गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४९६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३८० जना सङ्क्रमणमुक्त भएका छन्।
यस अवधिमा प्रदेशमा कोरोना सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका सात, स्याङ्जाका दुई तथा पर्वत, तनहुँ र बागलुङका एक÷एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।
योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २५९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३९८ जना रहेको छ भने होमआइसोलेसनमा चार हजार आठ जना छन्।