अन्तरिक्षमा घुम्न जानका लागि एउटा टिकटको मूल्य पाँच करोड ३० लाख पर्ने
रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष पर्यटकहरुका लागि टिकटको बिक्री पुनः खुला गरेको छ। भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्रामा लैजाने कम्पनीको रकेटयुक्त सब अर्बिटल जहाजको टिकट बुकिङ खुल्ला गरेको हो।
भर्जिन ग्यालेक्टिकका मालिक रिचार्ड ब्रान्सन जुलाई १२ गते सफलतापूर्वक अन्तरिक्षमा पुगेर फर्किएसँगै अन्तरिक्ष पर्यटनलाई आगामी वर्ष सन् २०२२ देखि व्यवसायिक रुपमा शुरु गरिने कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले तीन प्रकारका टिकट प्याकेट उपलब्ध गराएको छ। जसमा एउटामात्र सिट रिजर्भ गर्नका लागि चार लाख ५० हजार डलर तिर्नुपर्नेछ। भने, परिवार वा साथीभाइ सबैले सँगै यात्रा गर्नका लागि एउटा रकेट जहाजका पूरै ६ वटा सिट पनि बुकिङ गर्न सकिनेछ ।
कम्पनीका अनुसार स्पेस फर ह्युमानिटी नामक परोपकारी अभियानका लागि आर्थिक सहयोग गरेका मानिसहरु मध्येबाट दुई जनालाई गोला प्रथाबाट निःशुल्क रुपमा अन्तरीक्ष यात्रामा लगिनेछ। -सिएनएनबाट