४५ किलोका २ वर्षीय बालकको शल्यक्रिया, सास फेर्नसमेत हुन्थ्यो समस्या
एजेन्सी : एक २ वर्षीय बालकको भारतमा सफल शल्यक्रिया सम्पन्न भएको छ। ४५ किलो तौल भएका ती बालकको शरीरबाट डाक्टरहरुले ४१.५ को बडी मास इन्डेक्स सहित जीवन रक्षक बेरियाट्रिक शल्यक्रिया सफलतापूर्वक गरेका छन्। बालकको तौल अहिले १२ देखि १५ केजीको बीचमा छ।
बच्चाहरुको लागि बेरियाट्रिक सर्जरी दुर्लभ छ। एक दशकमा भारतमा सबै भन्दा कान्छो बेरियाट्रिक सर्जरी बिरामी भन्न सकिन्छ।
बच्चा जन्मेको बेला २.५ किलो तौलका थिए। त्यो सामान्य तौल थियो। जन्म पछि बच्चाको तौल छिटो बढ्न थाल्यो र छ महिनामा उसको तौल १४ किलो पुग्यो। उनको तौल बढ्दै बढ्दै २ बर्ष ३ महिनामा उनको तौल ४५ किलो पुग्यो।
उनको अवस्था यस्तो हदसम्म बिग्रियो कि उनी निद्राको समयमा सास फेर्नसम्म नसक्ने भएका थिए। अहिले बच्चा स्वस्थ छ।