सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसएमएसबाटै प्रसूति सेवा

। फोटो स्रोत ।
२०७५ मंसिर ४, ०४:२२

बैतडीका ग्रामीण क्षेत्रका १ सय २७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ। केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताए। जिल्लामा अहिले १ सय २७ प्रसूति सेवा केन्द्रबाट सुरक्षित प्रसूति सेवा प्रदान भइरहेको उनले बताए। गाउँगाउँमा प्रसूति सेवा शुरु भएपछि आमा र शिशुको ज्यान जोगाउने अभियान सफल भएको देहीमाडौँ स्वास्थ्यचौकीका अनमी हिरा बोहराले बताए। पछिल्लो समय सुत्केरी सेवा लिन महिला पनि स्वास्थ्य संस्थामा आउने गरेको उनले बताए। पहिलाको तुलनामा गाउँघरमा हिजोआज धेरै परिवर्तन आएको बोहराले बताए। 
रासस
 

कमेन्ट लोड गर्नुस