सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला युवक बेपत्ता प्रकरणका प्रत्यक्षदर्शी प्रहरीको सुरक्षा घेरामा

२०७८ साउन १९, ०५:२७ खबर संवाददाता

दार्चुला: दार्चुला व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी महाकालीमा तुइन तर्ने क्रममा बेपत्ता भएको देख्नेहरु जिल्ला सदरमुकाम खलंगामा छन्। 

घटनाका प्रत्यक्षदर्शी तुइन चलाउने कल्याणसिंह धामी, अनिता धामी, विक्रम रङ्कोलीलाई सदरमुकाम ल्याएको हो। उनीहरुले धामी तर्ने क्रममा भारतीय एसएसबीले डोरी फुकालेको देखेको बताइरहेका छन्।

कल्याणले २१ वर्षदेखि मालघाटमा तुइन चलाउँदै आएका छन्। घटना भएको दिन अनिता र विक्रम जयसिंहसँगै सदरमुकाम हुँदै काठमाडौँ जान गाउँबाट हिँडेका थिए। 

प्रत्यक्षदर्शी तीनै जना सोमबार रातिदेखि जिल्ला प्रहरी कार्यालयभित्रै बसेका थिए। त्यसक्रममा प्रहरीले उनीहरूसँग केही सोधपुछ गरेको बताइएको छ।

तर अहिले उनीहरूलाई बाहिर होटलमा बस्ने व्यवस्था गरिएको छ। बाहिर बस्ने बन्दोबस्त गरिएपनि सुरक्षाका लागि उनीहरूसँगै प्रहरी खटाइएको बताइएको छ। 

अब उनीहरुसँग गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा बनेको छानबिन समितिले सोधपुछ गर्ने छ। उक्त टोकी केहीबेरमा दार्चुला पुग्दैछ। 

कमेन्ट लोड गर्नुस