सुदूर नेपाललाई विश्वसँग जोड्दै

अंगरक्षक बाहेकका सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

२०७८ साउन १८, ०१:०५ खबर संवाददाता

काठमाडौंः स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने अंगरक्षक बाहेकका कुनै पनि सुविधा नलिने घोषणा गरेका छन्। सोमबार पत्रकार सम्मेलनको आयोजना गरि राज्यमन्त्री श्रेष्ठले अंगरक्षक बाहेक मन्त्रीलाई उपलब्ध हुने गाडी, निवास, तलव, भत्ता सहित कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन।

यसरी सबै सुविधा नलिने श्रेष्ठ पहिलो स्वास्थ्य राज्यमन्त्री हुन। सफल व्यवसायी समेत रहेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गत हप्ता स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेपछि व्यवसायीलाई मन्त्री बनाएको भन्दै आलोचना भएको थियो।

मन्त्री नियुक्त भएपछि स्वार्थ वाझिने भएकाले आफ्नो निजी व्यवसायबाट अलग रहनु पर्ने माग पनि उठेको थियो। राज्यमन्त्री श्रेष्ठले सोमबार नै आफू सबै निजी व्यवसायको नेतृत्वबाट अलग भएको समेत घोषणा गरेका छन्। पत्रकार सम्मेलनमा उनले आफू मन्त्री भइन्जेलसम्म सबै व्यवसायबाट कानूनी रुपमै अलग भएको बताए।

कमेन्ट लोड गर्नुस