सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा महामारीमा खटिएका ४ जना फ्रन्टलाइनर सम्मानित

२०७८ साउन १७, ११:१२ खबर संवाददाता

धनगढी: बारबरा फाउन्डेशनले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई कोभिड–१९ विशेष सम्मान प्रदान गरेको छ। जसअन्तरगत सुदूरपश्चिम प्रदेशका ४ जना स्वास्थ्यकर्मीलाई सम्मानित गरिएको हो। 

फाउन्डेशनले चिकित्सक विधातर्फ सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. निराजन दत्त शर्मालाई विशिष्ट सम्मान प्रदान प्रदान गरेको छ। यस्तै नर्सिङतर्फ सेती अस्पतालकी स्टाफ नर्स कल्पना विष्ट, व्यवस्थापनतर्फ प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थी र सेती अस्पतालकी म्याट्रोन सीमा शमालाई फाउन्डेशनले सम्मामित गरेको छ। 

फाउन्डेशनले चिकित्सकलाई सम्मानसँगै २ लाख ५० हजार रुपैयाँ, नर्सलाई सम्मानसँगै १ लाख ५० हजार नगद रुपैयाँ र व्यवस्थापकहरुलाई सम्मानसँगै २ लाख ५० हजार रुपैयाँ नगद प्रदान गरेको छ। 

कमेन्ट लोड गर्नुस