सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेहुला बेहुलीको फोटोसुटमा इन्द्रेणी पार्न हवाइजहाजबाट खन्याइयो पानी, खुसीले चिच्यायो जोडी

२०७८ साउन १६, ०६:१३ खबर संवाददाता

धनगढीः विवाहपछिको फोटोसुट हरेक नवविवाहित जोडीका लागि महत्वपूर्ण हुन्छ। तर, एक जोडीले यो फोटोसुटका लागि सबै हद पार गरेका छन्। उनीहरुलाई आफ्नो फोटोको पृष्ठभूमिमा इन्द्रेणी चाहिएको थियो। यसका लागि उनीहरुले हवाइजहाजबाट ९०० लिटर पानी खन्याएका छन्। द सनका अनुसार ब्राजिलमा भएको यो घटनामा फोटोसुटको लागि सबै सेटकप फोटोग्राफर वेलिटन बारबोसाले मिलाएका थिए।

यो फोटोसुट बेहुली प्रिसिला र बेहुला एलिसनको थियो। फोटोसुटको भिडियो सार्वजनिक भएको छ। फोटोसुटका क्रममा आफूहरुमाथि पानी खन्याइएपछि आफ्नो पछाडि इन्द्रेणी देखिँदा यो जोडी खुसीले चिच्याएको सुनिन्छ। वेलिटनले भने ‘हरेक काम केही नयाँ र विशेष गर्नको लागि एउटा अवसर हुन्छ।’ उनले आफूले सामान्य रुपमा हुने भन्दा केही फरक गर्न चाहेको बताए।

कमेन्ट लोड गर्नुस