सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट हिँडेको ट्रक भालुमारेमा खस्यो

फोटो : पुस्कर भट्ट
फोटो : पुस्कर भट्ट
२०७८ साउन १६, ०३:३५ खबर संवाददाता

धनगढी: डडेल्धुरामा ट्रक दुर्घटना भएको छ। धनगढीबाट दार्चुलाका लागि हिँडेको सुप ००१ख ०६१४ नम्बरको ट्रक महाकाली राजमार्ग अन्तरगत अमरगढी नगरपालिका–६ भालुमारेमा दुर्घटनामा परेको हो। 

२ जना सवार उक्त ट्रक ग्यास र चामल बोकेर दार्चुलातर्फ हिँडेको चालकले बताएका छन्। उक्त दुर्घटनामा कुनै मानविय क्षति नभएको उनले बताए। बैतडीबाट आइरहेका २ वटा जीपलाई साइड दिने क्रममा ट्रक भिरबाट खसेको उनले बताएका छन्। 

कमेन्ट लोड गर्नुस