सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीको ध्यान असुलीमा : कुलतमा फसेका युवाहरुको गिरोह अपराधिक गतिविधिमा

फाईल फोटो
फाईल फोटो
२०७५ मंसिर २, १०:५४ नवराज पनेरु

प्रहरी निष्क्रियताको फाईदा उठाउदै कैलालीमा कुलतमा फसेका युवाहरुको गिरोह अपराधिक गतिविधिमा सक्रिय हुन थालेको छ। पछिल्ला केहि बर्षयता प्रहरीले लागु औसध दुव्र्यसनको नियन्त्रणमा सक्रियता घटाएपछि कुलतमा फसेका युवाहरु अपराधिक गतिविधिमा सक्रिय हुन थालेका हुन्। लागु औसधको कारोवारमा प्रहरीको आखा नपर्दा दुव्र्यसनीको सङख्या बढ्दै गएपछि कैलाली लगायतका सुदूरपश्चिमका जिल्लाहरु असुरक्षित बन्दै गएका छन्। शुक्रवार राती धनगढी उप–महानगरपालिका वडा नम्वर ४ को उत्तरवेहडीमा भएको युवा हत्या प्रकरण पनि त्यसेको उपज भएको चर्चा हुन थालेको छ। कुलतमा फसेर अपराधिक गतिविधिमा सक्रियहरुलाई राजनीतिक संरक्षण हुन थालेपछि त समाजमा दण्डहिनता मौलाउँदै गएको छ। लागु औसध दुव्र्यसनीलाई कारवाहीको दायरामा ल्याउन मात्रै होईन खुलेयाम लागु औसधको कारोवार र भारतबाट आयात भईरहेपनि नियन्त्रणमा प्रहरीको उपस्थीती देखिएको छैन्। लागु पदार्थ पुनःस्थापना केन्द्र बोराडाँडीका कार्यक्रम संयोजक रामबहादुर रजकका अनुसार दुव्र्यसनीको सन्जालले अपराधिक गतिविधि बढ्दै गएका छन्। 

प्रहरीको तथ्याङकमा प्रदेशको राजधानी कैलालीमा लागु औषध दुव्र्यसनी गर्नेहरुको संख्या वर्षेनी बढ्दै गएका छ। आर्थिक वर्ष २०७२÷७३ मा कैलाली प्रहरीले लागु औषध प्रयोग र ओसार पसारमा संलग्न रहेका ३३ जनालाई पक्राउ गरेको थियो भने आर्थिक बर्ष २०७३÷७४ मा ५८ र चालु वर्षको हालसम्म ७० जनालाई नियन्त्रण लिएको छ। तर पक्राउ परेका अधिकासं दुव्र्यसनीहरु अदालत पुग्दे राजनीतिक संरक्षणमा छुट्ने गरेका छन्। लागु औसधको कारोवार गर्नेहरुलाई भने प्रहरीले चलाउन सकेको छैन्। कैलाली जिल्लामा वडा प्रहरी कार्यालय धनगढीमा तत्कालीन प्रमुख मनोहर भट्ट र जिल्ला प्रहरीमा तत्कालीन प्रहरी प्रमुख मोहनराज जोशीको टिम लागु औसध नियनत्रणमा लागेपनि त्यसपछिका प्रहरी प्रमुखहरुले लागु औसध नियन्त्रण अभियानालाई निरन्तरता दिएको देखिन्न। कैलालीका पुर्व प्रहरी प्रमुख मोहनराज जोशीले कैलाली लागि औसधको कारोवारका लागि अखडा बन्दै गएको बताए। 

लागु औषध प्रयोग गर्नेमा स्कुले विद्यार्थी र युवायुवती धेरै छन्। कैलालीमा सबैभन्दा बढि चरेस, नाईट्रोभेट, अपिडोल क्यापटप र ब्राउन सुगरका प्रयोगकर्ता रहेका छन्। भारतमा सहजै पाईने भएकाले यहाँका केही नीजि मेडिकल र खुद्रा व्यापारीले समेत लागु औषधको कारोबार गर्दै आएका छन्। कुलतमा फसेका युवाहरु सीमावर्ती भारतीय बजारबाट लागु औषध ओसारपसारमा सक्रिय भएपछि धनगढीका अन्य युवा पनि दुव्र्यसनीको सिकार बनेका छन्। प्रहरीले भने लागु औसध नियन्त्रण अभियानलाई रोकेर तस्करसंग सेटीङमा असुली, जुवातास नियन्त्रणको नाममा असुली, होटलहरुमा छापा मार्न तिर बढि ध्यान दिएको आरोप लाग्न थालेको छ। प्रहरीको सक्रियता कमाईखाने क्षेत्रमा बढ्दा अपराधिक गतिविधि बढ्दै गएको पनि आरोप लाग्ने गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरी वलीले भने लागु औसध नियन्त्रका लागि साधा पोषाकमा प्रहरीको टोली खटाईएको बताए। 

कुनै पनि अपराध भए सबैभन्दा पहिले लागु औषध प्रयोगकर्तालाई अनुसन्धानको घेरामा ल्याउने परिपाटी छ। तर कैलाली प्रहरीसंग प्रयोगकर्ता कति छन र कारोवार कतिले गर्छन भन्ने तथ्याङ्क समेत छैन्। स्थानीय वासीन्दाको दुव्र्यसनीको विषयमा धेरै गुनासो गरे,  २, ३ दिनका लागि प्रहरीले पक्राउ गर्ने र त्यसपछि राजनीतिक दलका नेताहरुको संरक्षणमा छोड्ने गर्दै आएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस