सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी अस्मिताका हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०७८ साउन १५, ०४:५७ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता धामीको हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ।

शुक्रबार अस्मिताको न्यायका लागि गठित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाइएको हो।

असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। घटना घटेको डेढ महिना बित्दासमेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै संघर्ष समितिले चार बुँदे मागसहित प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाइएको जनाएको छ।

तत्काल अनुसाधन प्रतिवदेश सार्वजनिक गर्नुपर्ने, करिब दुई महिना अवधिसम्म पनि कसैलाई पनि गिरफ्तार नगरी कानुनी कारबाही नगरेको हुँदा अपराधि पत्ता लगाई कारबाही गर्नुपर्ने माग देउवा समक्षसँग संघर्ष समितिले राखेको छ।

डडेल्धुरा प्रधानमन्त्री देउवाको गृहजिल्ला भएकाले पनि अस्मिता न्याय पाउने अपेक्षा संघर्ष समितिले गरेको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।

 

कमेन्ट लोड गर्नुस