सुदूर नेपाललाई विश्वसँग जोड्दै

अहिलेसम्म कसैले पढ्न नसकेको २५० पानाको एक रहस्यमय पुस्तक

फोटो : एजेन्सी
फोटो : एजेन्सी
२०७८ साउन १३, ११:२०

एजेन्सीः संसारमा कतिपय यस्ता रहस्य छन् जसलाई पार लगाउन अहिलेसम्म कसैले पनि सकेको छैन। यस्तै रहस्यको गुत्थीको रुपमा रहेको छ २४० पृष्ठको एउटा पुस्तक। यो पुस्तक अहिलेसम्म कसैले पनि पढ्न सकेको छैन।

इतिहासकारहरुका अनुसार यो रहस्यमय किताब ६ सय वर्ष भन्दा पनि पुरानो हो। यो किताब १५ औँ शताब्दीमा लेखिएको कार्वन डेटिंगबाट पुष्टि भएको छ। यो पुस्तक हस्तलिखित हो तर यसमा के लेखिएको छ र यो कुन भाषा हो ? आजसम्म कसैले पनि बुझ्न सकेको छैन।

पहिल्याउन नसकिएको रहस्य जस्तै बनेको यो किताबलाई भोएनिक म्यानुस्त्रिप्ट नाम दिइएको छ। इटालीका एक पुस्तक बिक्रेता विलफ्रिड भोएनिकको नामबाट यो  पुस्तकको नाम राखिएको छ। उनैले सन् १९१२ मा यो पुस्तक खरीद गरेका थिए। यो पुस्तकमा मानिस तथा रुखविरुवाहरुका चित्र पनि बनाइएको छ।

भोएनिक पाण्डुलिपी नामक यस पुस्तकमा कोरिएका कतिपय चित्र निकै अनौठा र रहस्यमय छन् । यसमा रहेका कतिपय रुखका चित्र यस्ता छन् कि जो अहिले पृथ्वीमा रहेका कुनैपनि रुख बिरुवासँग मेल खाँदैन। 

यो पुस्तकमा सुरुमा अझै धेरै पन्ना रहेकोमा च्यातिएर हाल २४० पन्नामात्रै बाँकी रहेको बताइन्छ। पुस्तकमा लेखिएका सबै कुराहरु बुझ्न नसकिएता पनि केही शब्दहरु चाहिँ जर्मन र ल्याटिन भाषाका रहेका छन्।

कतिपय मानिसहरुका अनुसार यो किताब नियतबस यसरी बुझ्न नसकिने बनाएर लेखिएको हुनसक्छ। यसको रहस्यलाई लुकाउनकै लागि किताबलाई त्यस्तो नबुझ्ने भाषामा लेखिएको हो भन्ने तर्क पनि कतिपयको छ।

तर त्यो रहस्य के थियो भन्ने कुरा अहिले कसैले पनि भेउ पाउन सकेको छैन। सो रहस्य पुस्तक लेख्नेलाई थाहा थियो होला वा आगामी दिनमा कसैले पत्ता लगाउन पनि सक्दछन्। 
 

कमेन्ट लोड गर्नुस