सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कोरोनाको डेल्टा भेरियन्टको उत्परिवर्तित रूप (के.४.१.७.एन) ३ जनामा पुष्टि

२०७८ साउन १२, ०८:१२ खबर संवाददाता

धनगढिः नेपालमा कोरोनाको डेल्टा भेरियन्टको उत्परिवर्तित रूप (के.४.१.७.एन) ३ जनामा पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ४७ वटा नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१.७.एन) म्युटेसन भेटिएको छ। 

 

मन्त्रालयले देशका विभिन्न भागहरुबाट फरक परक उमेर समूहका व्यक्तिहरुबाट नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी नमुनाहरु सिक्वेन्सिङका असार ३० गते भारत पठाएको थियो। जस मध्ये यो भेरियन्ट ३ जनामा देखिएको हो। 

नेपालमा भेटिएका अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्टरेस्टका रुपमा कप्पा भेरियन्ट पुष्टि भएको छ। यी भेरियन्टहरु बढी संक्रामक हुने मन्त्रालयले जनाइएको छ। 

कमेन्ट लोड गर्नुस