सुदूर नेपाललाई विश्वसँग जोड्दै

काेराेनाकाे तेस्रो लहर असोज १५ गतेदेखि आउन सक्ने

२०७८ साउन ११, ०६:२६ रासस

काठमाडौँ: मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आउँदो असोज १५ गतेदेखि काेराेना सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण रहेको बताए।

उनले अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा लागू नगरिएकाले आउँदो असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने बताए। 

तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने उनको भनाइ छ। उनका अनुसार आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ सङ्क्रमित थपिने अनुमान गरिएको छ। यसअघि मन्त्रालयले सङ्क्रमणको तेस्रो लहर आउने भन्दै सचेत रहन निर्देशन समेत दिइसकेको छ। 
 

कमेन्ट लोड गर्नुस