सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशबाट डिपोर्ट भएकाको क्वारेन्टिन खर्च सरकारले व्योहोर्ने

२०७८ साउन ११, ०६:२६ खबर संवाददाता

काठमाडौं: सरकारले विदेशबाट डिपोर्ट भएका नागरिकको क्वारेन्टिन खर्च व्योहोर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खर्च आफूले व्योहोर्ने निर्णय गरेको हो।

खर्चको आवश्यक प्रबन्ध श्रम मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले आवश्यक रकम निकासा गर्ने निर्णय पनि बैठकले गरेको छ।

डिपोर्ट भएका, खर्च सकिएर फर्किएका नागरिकको क्वारेन्टिन खर्च सरकारले व्योहोर्ने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस