सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पेट्रोलीयम पदार्थ अभावको समस्या कायमै

२०७५ कार्तिक २९, ०६:४७ नवराज पनेरु

नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले डिपोको भण्डारण क्षमता नबढाए सम्म सुदूरपश्चिममा पेट्रोलीयम पदार्थ अभावको समस्या कायमै रहने जनाएको छ। डिजेलका लागि ३, ४ दिनको मौज्जात राख्न सक्ने क्षमता भएपनि पेट्रोलका लागि भने एक दिनका लागि समेत मौज्जात राख्ने क्षमताका ट्याङकी छैनन्। नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीको डिपोमा १५ लाख ९० हजार लिटर डिजल, ७० हजार लिटर पेट्रोल र २८ हजार लिटर मट्टीतेल राख्न सकिने क्षमताका ट्याङ्की रहेका छन्। भण्डारण क्षमता ७० हजार रहेकोमा पेट्रोलको माग भने झण्डै एक लाख लिटर छ। 


जस्ले गर्दा एक दिन सार्वजनिक विदा भएपनि पेट्रोल अभावको समस्या दोहरीने गरेको आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सर्पराज शर्माले बताए। शनिवार नेपालमा सार्वजनिक विदा हुने र आईतवार भारतमा सार्वजनिक विदा हुने भएकाले ढुवानी रोकीने र पेट्रोलको अभाव देखिने उनले बताए। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस