नेपालमा ह्वात्तै बढ्यो कोरोना, एकै दिन ३४२१ जनामा संक्रमण पुष्टि
२०७८ साउन ११, ०४:४६
काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ह्वात्तै बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो अघिल्लो तुलनामा ११८४ जना धेरै संक्रमित संख्या हो।
अघिल्लो दिन अर्थात आइतबार देशभर २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
कमेन्ट लोड गर्नुस