सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजेन्द्र महतोले भनेः निर्वाचन आयोगले हाम्रो पार्टी फुटायो

२०७८ साउन ११, ०३:१६ खबर संवाददाता

काठमाडौं: जनता समाजवादी पार्टी जसपाका कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन्। आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको महतोले आरोप लगाएका हुन्।

पार्टीमा आधिकारिकताका लागि यतिबेला निर्वाचन आयोगमा पार्टीका कार्यकारिणी सदस्यहरुको सनाखत चलिरहेको छ। कार्यकारिणी समितिका बहुमत सदस्यहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा सनाखत गरेको सो पक्षले दाबी गरेको छ।  यसबारे निर्वाचन आयोगको आधिकारिक फैसला आउन बाँकी रहेको छ।

कमेन्ट लोड गर्नुस