सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको रंगुन खोलामा पुल नहुँदा स्थानीय समस्यामा

२०७८ साउन ११, १२:३६ खबर संवाददाता

डडेल्धुरा:  डडेल्धुराको आलितालमा रहेको रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ। परशुराम भएर बग्ने उक्त खोला तर्न स्थानीयले वर्षेनी बर्सातको बेला सास्ती पाउने गरेका हुन्।

जिल्लाको भित्रिमधेश क्षेत्रमामा पर्ने आलिताल गाउँपालिका वडा नंं ३, ५ र ८ का स्थानीय बाढी पहिरोको उच्च जोखिमबी रंगन तरिरहेका छन्।  खोलामा पानीको सतह बढेपछि दुई घण्टा हिँडेर आलितालको कालाकोटमा रहेको झोलुङ्गे पुल पुग्नुपर्ने बाध्यता  स्थानीयको छ। 

सुदूरपश्चिमको सबैभन्दा ठूलो तलाउ आलितालसम्म जाने बाटोमा रहेको खोलामा पुल नबन्दा आन्तरिक तथा बाह्य पर्यटन पनि वर्षामा प्रभावित भएको छ।
 

कमेन्ट लोड गर्नुस