सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कोरोना भाइरसको संक्रमण घट्न सकेन

२०७८ साउन १०, ०५:४३ खबर संवाददाता

काठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण घट्न सकेको छैन्। 

निषेधाज्ञा अवधि थपिदै गए पनि संक्रमण दर भने घट्न नसकेको हो। हाल केरोनाको परीक्षणमा पनि कमी आएको देखिएको छ।  

पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन्।
 

कमेन्ट लोड गर्नुस