सुदूर नेपाललाई विश्वसँग जोड्दै

हत्यारालाई सार्वजनिक गर्न माग गर्दै निर्मलाका आमाबुवाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

२०७८ साउन १०, ०४:१७ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै उनका आमाबुवाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।  आइतबार निर्मलाका बुवा यज्ञराज पन्त र आमा लक्ष्मी पन्तले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।  

ज्ञापनपत्र बुझाउँदै निर्मलाका बाबु यज्ञराज पन्तले देशमा नयाँ प्रधानमन्त्री आएकाले न्यायको आशा पलाएको बताएका छन्। 

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका दोषीलाई तीन वर्षसम्म पनि कानुनी दायरामा ल्याउन प्रहरी असफल भएको छ। निर्मला बेपत्ता भएको आइतबार तीन वर्ष पूरा भएको छ भने मृत फेला परेको सोमबार ३ वर्ष पुग्दैछ।
 

कमेन्ट लोड गर्नुस